नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

समाचार

Not Available
मिति:
माघ १४, २०७६
स्थान
None

पूर्व योजना तर्जुमा गोष्ठी सम्पन्न

आगामी आर्थिक बर्ष २०७४/७५ को लागि यस विभाग र मातहतका संरक्षित क्षेत्रहरुको बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा पूर्व योजना तर्जुमा तथा चालु आ.व. २०७३/७४ को प्रथम चौमासिक अवधिको प्रगति समिक्षा गोष्ठी मिति २०७३/१० /०६ देखि २०७३/१०/०८ सम्म संचालन भइ सम्पन्न भयो |

            उक्त गोष्ठीको उदघाटन  यस विभागका महानिर्देशक श्री मन बहादुर खड्काज्यूले गर्नु भएको थियो भने राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, वन तथा भू-संरक्षण मन्त्रालय र पर्यटन विभागका प्रतिनिधिहरुले बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा सम्बन्धित निकायको मार्गदर्शन बारे जानकारी गराउनु भएको थियो | सोहि मार्गनिर्देशन र यस विभागको नीति, कार्यनीति  अनुरुप विभाग तथा मातहतका संरक्षित क्षेत्र कार्यालयहरुले आ-आफ्नो कार्यालयको बजेट तथा कार्यक्रम तयार गरी प्रस्तुति गर्नुका साथै सो उपर बृहत छलफल  भएको थियो |

            साथै कार्यक्रमको अन्तिम दिन चालु आ.ब. २०७३/७४ को प्रथम चौमासिक अवधिमा सम्पादन गरिएका कार्यक्रमहरुको प्रगतिको बारेमा विभागको अनुगमन तथा मुल्यांकन शाखाबाट प्रस्तुतिकरण भइ सो उपर समेत छलफल गरिएको थियो |