नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

समाचार

Not Available
मिति:
माघ १४, २०७६
स्थान
None

३३ औं वार्डेन सेमिनार तथा १५ औं मध्यवर्ती क्षेत्रका अध्यक्षहरुको बैठक

समृद्धिको लागि साझेदारीमा संरक्षित क्षेत्र व्यवस्थापन (Prosperity by Collaborative Managemant of Protected Areas) भन्ने मूल नाराका साथ ३३ औं वार्डेन सेमिनार तथा १५ औं मध्यवर्ती क्षेत्रका अध्यक्षहरुको बैठक मकालु वरुण राष्ट्रिय निकुञ्ज, खाँदबारी, सङ्खुवासभामा भब्यताका साथ सम्पन्न भएको छ ।

 

कार्यक्रमका प्रमुख अतिथि माननीय वन तथा भू–संरक्षण राज्यमन्त्री श्री दीर्घराज भाटले मिति २०७३|१२|३ गते जिल्ला समन्वय समिति, सङ्खुवासभाको सभाहलमा एक भव्य समारोहका बीच ३३ औं वार्डेन सेमिनार तथा १५ औं मध्यवर्ती क्षेत्रका अध्यक्षहरुको बैठकको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा विशेष अतिथि, व्यवस्थापिका संसद्, वातावरण संरक्षण समितिका माननीय सभापति श्री जनकराज चौधरी, अतिथि व्यवस्थापिका संसद्, वातावरण संरक्षण समितिका माननिय सदस्य श्री राजाराम स्याङ्तान, वन तथा भू–संरक्षण मन्त्रालयका सचिव श्री प्रकाश माथेमाको उपस्थिति रहेको थियो । अन्य अतिथिहरुमा पूर्वाञ्चल क्षेत्रीय वन निर्देशनालयका क्षेत्रीय निर्देशक श्री राजेन्द्र काफ्ले, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप महानिर्देशक श्री गोपालप्रकाश भट्टाराई, नेपाली सेना २ नं. बाहिनी अड्डा धनकुटा हिलेका बाहिनीपति सहायक रथी श्री गोकुल भण्डारी, नेपाल सरकारका पूर्व सचिव डा.अन्नपूर्ण नन्द दास, जिल्ला प्रशासन कार्यालय, संखुवासभाका प्रमुख जिल्ला अधिकारी श्री शिवराज जोशी, पूर्व महानिर्देशकहरु, पूर्व प्रमुख संरक्षण अधिकृतहरु, मध्यवर्तीक्षेत्र व्यवस्थापन समिति सञ्जालका अध्यक्ष लगायत संरक्षण साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिले आतिथ्यता ग्रहण गर्नु भएको थियो । उद्घाटन समारोहको अध्यक्षता राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक श्री मन बहादुर खड्काले गर्नु भएको थियो । प्रमुख अथिति माननीय वन तथा भू संरक्षण राज्यमन्त्री श्री दिर्घराज भाटज्यूले देशको संघिय संरचना अनुसार स्थानीय समुदाय तथा समग्र देशको समृद्धिको लागि संरक्षित क्षेत्रले महत्वपूर्ण योगदान गर्न सक्ने भएकोले सोही किसिमको नीति, रणनीति र योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा जोडदिनु थियो । साथै विशेष अतिथि एवं अन्य अतिथिहरुले पनि संरक्षित क्षेत्रमा रहेका स्रोतको व्यवस्थापन गरी स्थानीय समुदायको जीविकोपार्जन एवं समृद्धिमा जोड दिनु भएको थियो ।

 

सेमिनारमा प्राविधिक शत्रहरुमा संरक्षित क्षेत्र व्यवस्थापनका सवालमा आधारित प्रस्तुतीहरु रहेका थिए । प्रमुख संरक्षण अधिकृतहरु, मध्यवर्तीक्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरु र निकुञ्ज सुरक्षार्थ खटिएका नेपाल सेनाका गण/गुल्मपतिका प्रमुखहरुले प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा विभिन्न संरक्षित क्षेत्रका प्रमुख संरक्षित अधिकृतहरु, संरक्षित अधिकृतहरु, निकुञ्ज/आरक्ष सुरक्षार्थ खटिएका नेपाल सेनाका गणपतिहरु/गुल्मपतिहरु, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरु, विज्ञहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका कर्मचारीहरु तथा संरक्षण साझेदार संस्थाहरुका कर्मचारीहरु, स्थानीय उपभोक्ताहरु पत्राकारहरुको सहभागिता रहेको थियो ।

 

मिति २०७३ चैत्र ३ गते विहान उद्घाटन भई मिति २०७३ चैत्र ५ गते अपरान्ह समापन भएको उक्त कार्यक्रमले मूल नारा समृद्धिको लागि साझेदारीमा संरक्षित क्षेत्र व्यवस्थापन” को उद्देश्य प्राप्तिको लागि वार्डेनहरुको १८ बुँदे एंव मध्यवर्ती क्षेत्रका अध्यक्षहरुको ७ बुँदे संकल्प प्रस्तावहरु पारित गरी कार्यान्वयन गर्ने गरी सम्पन्न भएको छ । संरक्षित क्षेत्रहरुको संरक्षणका साथै मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा न्यूनिकरण, पर्यापर्यटन प्रवद्र्धन गरी स्थानीय स्तरमा रोजगारी सृजना गर्नुका साथै स्थानीय समुदायको जीविकोपार्जन टेवा पुर्याउने कार्यक्रमहरु संचालन गरी स्थानीय समुदायको साझेदारीमा संरक्षित क्षेत्रको व्यवस्थापन मार्फत स्थानीय समुदायको समृद्धिका साथै समग्र देशको समृद्धिमा टेवा पुर्याउने यस सेमिनार तथा बैठकको निचोड रहेको छ ।

३३ औं वार्डेन सेमिनार तथा १५ औं मध्यवर्ती क्षेत्रका अध्यक्षहरुको बैठकका संकल्प प्रस्तावहरु २०७३