कृष्णसार संरक्षण क्षेत्र, खैरापुर बर्दियामा रहेका कृष्णसारहरु मध्ये १५ वटा(५ भाले, १० पोथी) कृष्णसारहरु शुल्कफाँटा वन्यजन्तु आरक्षको हिरापुर फाँटमा स्थानान्तरण गर्न नेपाल सरकार (सचिव स्तर) बाट स्वीकृति भएकोमा हाल (२०७२-०३-२५) सम्म १२ वटा(४ भाले, ८ पोथी) स्थानान्तरण भई सकेका छन् |