नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

CBAPU DAY Program | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८०/८१ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | Starting 3rd Asian Rhino committee meeting

समाचार

Not Available
मिति:
माघ ७, २०७८
स्थान
बबरमहल, काठमाडौं

"4th ASIA MINISTERIAL CONFERENCE ON TIGER CONSERVATION" सम्पन्न

19 - 21 JANUARY 2022, KUALA LUMPUR, MALAYSIA ले आयोजना गरिएको 4th ASIA MINISTERIAL CONFERENCE ON TIGER CONSERVATION बाघ पाईने ASIA का १३ राष्ट्रहरु Zoom मार्फत सहभागी भै सम्पन्न भएको छ । प्रथम दिनमा आ-आफ्नो राष्ट्रले Tiger conservation सम्वन्धी country paper प्रस्तुत गर्ने कार्यक्रम अनुसार नेपालको तर्फबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कंडेलले Country Paper  प्रस्तुत गर्नु भएको थियो । दोश्रो दिन Side Event अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोषले र Regional Event  अन्तर्गत SAWEN ले प्रस्तुत गर्नु भएको थियो भने सम्मेलनको अन्तिम दिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सभाहलमा माननीय वन तथा वातावरण मन्त्री रामसहाय यादव, नि.वन तथा वातावरण मन्त्रालयका सचिव श्री धनन्जय पौडेल, सह-सचिव श्री शिव प्रसाद रेग्मी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक श्री हिमान्सु खड्का, पूर्व महानिर्देशक श्री गोपाल प्रकाश भट्टराई, डव्लु डव्लु एफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङ, जेड.एस.एल. नेपालका राष्ट्रिय प्रतिनिधि डा.हेमसागर बराल, राष्ट्रिय प्रकृति संरक्षण कोषका व्यवस्थापक डा.चिरञ्जिवी पोखरेल लगायत वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका कर्मचारीहरुको उपस्थितिमा माननी वन तथा वातावरण मन्त्री रामसहाय यादवले नेपालको तर्फबाट मन्तव्य व्यक्त गर्नु भएको थियो ।