नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

समाचार

Not Available
मिति:
चैत १२, २०७८
स्थान
बुढानिलकण्ठ, काठमाडौं

३८ औ वार्डेन सेमिनार तथा २० औ मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको भेला- २०७८ संचालन

नेपालका संरक्षित क्षेत्र कार्यालयहरुका प्रमुखहरु, संरक्षित क्षेत्र संरक्षणका लागि खटिएका नेपाली सेनाका प्रमुखहरु र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको राष्ट्रिय स्तरको संयुक्त सम्मेलन “ वार्डेन सेमिनार तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको भेला-२०७८” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा होटल पार्क भिलेज, बुढानिलकण्ठ काठमाडौंमा २०७८ चैत्र ११ गतेबाट शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.रामचन्द्र कंडेलज्यूको सभापतित्वमा भएको सम्मेलनको उद्‍घाटन वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री रामसाहाय प्रसाद यादवज्यूबाट भएको थियो भने सम्मेलनमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम नारायण कंडेल, महाशाखा प्रमुखहरु र मन्त्रालय अन्तर्गतका विभागीय प्रमुखहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख, संरक्षित क्षेत्र कार्यालयहरुका प्रमुखहरु, संरक्षित क्षेत्र संरक्षणमा खटिएका नेपाली सेनाका प्रमुखहरु, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरु , पूर्व महानिर्देशकहरु, पूर्व प्रमुख संरक्षण अधिकृतहरु,  संरक्षणका साझेदार संस्थाका प्रमुखहरु, उक्त क्षेत्रका स्थानीय तहका प्रमुख र अन्य विभिन्न  संघ, संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । २०७८ चैत्र १३ गते सम्म संचालन हुने यस सम्मेलनको उद्घाटन शत्रमा सम्पूर्ण सहभागीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक श्री वेद कुमार ढकालले स्वागत गर्नु भएको थियो भने कार्यक्रम संचालन संरक्षण शिक्षा अधिकृत श्री सुष्मा रानाले गर्नु भएको थियो ।