नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

राष्‍ट्रिय संरक्षण दिवस असोज ७, २०८२ मनाईयो । | नयाँ पदस्थापना हुनु भएका पशु चिकित्सकहरुलाई राष्ट्रिय निकुञ्ज विभागमा स्वागत । | महानिर्देशक डा. रामचन्द्र कंडेलज्यूलाई फेरी भेटौला र महानिर्देशक डा. बुद्धि सागर पौडेलज्यूलाई स्वागत

समाचार

Not Available
मिति:
असार २२, २०७९
स्थान
बबरमहल, काठमाडौं

माननीय वन तथा वातावरण मन्त्री प्रदीप यादवज्यूलाई राष्ट्रिय निकुञ्ज विभागमा स्वागत

नव नियुक्त माननीय वन तथा वातावरण मन्त्री प्रदीप यादवज्यूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा स्वागत गरेको छ । स्वागत कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कंडेलले राष्ट्रिय निकुञ्ज स्थापनाका उदेश्य देखि हालसम्मको प्रगति अवस्था, विभागले गरेका उपलव्धीहरु, हालका चुनौती र भावी रणनीतिका बारेमा प्रस्तुत गर्दै सो सम्वन्धी विस्तृत जानकारी गराउनु भएको थियो भने सोही कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा आरक्ष निर्देशनालयको तर्फबाट समेत प्रस्तुती र छलफल भएको थियो । स्वागत कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम नारायण कंडेल, प्रशासन महाशाखा प्रमुख, वन तथा भू-संरक्षण विभागका महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा आरक्ष निर्देशनालयका निर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक, शाखा प्रमुखहरु लगायत अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।