Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservation

UNESCO का टोलीद्वारा चितवन र सगमाथा राष्ट्रिय निकुञ्जको भ्रमण | विभागको ४२ औं स्थापना दिवस कार्यक्रम सम्पन्न । | दक्षिण एसिया वन्यतजन्तु कानून कार्यान्वयन संजाल (SAWEN) को कार्यकारी समितिको वैठक सम्पन्न ।

News

Not Available Date:July 6, 2022, 4:35 p.m.
Location:
Babarmahal, Kathmandu

माननीय वन तथा वातावरण मन्त्री प्रदीप यादवज्यूलाई राष्ट्रिय निकुञ्ज विभागमा स्वागत

नव नियुक्त माननीय वन तथा वातावरण मन्त्री प्रदीप यादवज्यूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा स्वागत गरेको छ । स्वागत कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कंडेलले राष्ट्रिय निकुञ्ज स्थापनाका उदेश्य देखि हालसम्मको प्रगति अवस्था, विभागले गरेका उपलव्धीहरु, हालका चुनौती र भावी रणनीतिका बारेमा प्रस्तुत गर्दै सो सम्वन्धी विस्तृत जानकारी गराउनु भएको थियो भने सोही कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा आरक्ष निर्देशनालयको तर्फबाट समेत प्रस्तुती र छलफल भएको थियो । स्वागत कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम नारायण कंडेल, प्रशासन महाशाखा प्रमुख, वन तथा भू-संरक्षण विभागका महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा आरक्ष निर्देशनालयका निर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक, शाखा प्रमुखहरु लगायत अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।