नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

CBAPU DAY Program | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८०/८१ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | Starting 3rd Asian Rhino committee meeting

समाचार

Not Available
मिति:
साउन १४, २०७९
स्थान
राष्ट्रिय सभा गृह, काठमाडौं

विश्व बाघ दिवस, जुलाई २९,२०२२ सम्पन्न

सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा मिति २०७९/४/४ मा बसेको राष्ट्रिय बाघ संरक्षण समिति, नेपालको आठौं बैठकले जुलाई २९, २०२२ मा बाघ संरक्षण सम्वन्धी सरोकारवालाहरुको उपस्थितिमा विशेष समारोहको आयोजना गरी विश्‍व बाघ दिवस मनाउने निर्णय गरे बमोजिम आज राष्ट्रिय बाघ दिवस विशेष समारोहका वीच सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्यूको समुपस्थितिमा राष्ट्रिय सभागृह, काठमाडौंमा सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता माननीय वन तथा वातावरण मन्त्री प्रदीप यादवज्यूले गर्नु भएको थियो भने यस विशेष समारोहमा पूर्व प्रधानमन्त्री श्री माधव कुमार नेपाल, प्रतिनिधि सभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापती माननीय पुर्ण कुमारी सुवेदीज्यू, राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. विश्‍वनाथ पौडेलज्यू, नेपाल सरकारका मुख्य सचिव श्री शंकरदास बैरागीज्यू लगायतका विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित हुनु भएका महानुभावहरुलाई वन तथा वातावरण मन्त्रालयका सचिव डा.पेम नारायण कंडेलले स्वागत गर्नु भएको थियो भने बाघ गणना  प्रकृया, तथ्याङ्क संकलन, विश्‍लेषण र प्रतिवेदन तयारीको प्रकृया/पद्धती सम्वन्धमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण  विभागका महानिर्देशक डा. रामचन्द्र कंडेलले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको संचालन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट डा. गणेश पन्तले गर्नु भएको थियो । (कार्यक्रमको विस्तृत विवरण यस वेवसाईटको Press Release मा समावेश गरिएको छ ।