यो कार्यक्रम नेपाल सरकारको श्रोतबाट चितवन,पर्सा, शिवपुरी नागार्जुन, लामटाङ, सगरमाथा, मकालु बरुण, शे-फोक्सुण्डो, खप्तड, रारा राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष र ढोरपाटन शिकार आरक्षमा संचालनमा रहेको छ ।
आ.ब. २०७८/७९ को बार्षिक बजेट
चालु बजेट: १,६३,००,०००।-
पूँजीगत बजेट १,१२,००,०००।-
कुल बजेट २,७५,००,०००।-
यस आयोजनाबाट संरक्षित क्षेत्रमा पर्यटक प्रबर्द्धनमा सहयोग पुग्ने खालका क्रियाकलापहरु गरिनेछन। जस अन्तर्गत पर्यटक पदमार्ग,पर्यटक विश्रामस्थल, भ्यू-टावर (मचान), सार्वजनिक शौचालय, साईनबोर्ड/सूचना बोर्ड निर्माण तथा पर्यटन प्रवर्द्धन सम्वन्धी जनचेतना अभिबृद्दीका क्रियाकलापहरु रहेका छन ।
बैदेशिक श्रोत (विश्व वैक, ट्रष्ट कोष) तर्फको बाँके, बर्दिया, शुक्लाफाँटा, रारा, खप्तड र रा.नि. बिभागका रु. १९ करोड ६६ लाखको कार्यक्रम स्वीकृत भएता पनि बजेट निकासा हुन नसक्ने भएको ।