नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

पंक्षी

सारस (Grus antigone)

सारस चरा Gruiformes Order र Gruidae Family मा पर्दछ | नेपाल, अस्ट्रेलिया, क्याम्बोडिया, चीन, भारत, लाओस, म्यानमार, पाकिस्तान र भियतनाममा यो चरा रैथाने हो | सारस स्थानीय रुपमा मध्य पश्चिम नेपालको तराइमा आवाशीय चरा हो | रुपन्देही र कपिलवस्तु जिल्ला स्थित लुम्बिनीका खेतहरु यस चराले नियमित प्रजनन समेत गर्ने मुख्य बासस्थान हो | लुम्बिनी फार्मल्याण्डलाई बर्ड लाइफ इन्टरनेसनल समेतले पहिचान गरेको नेपालको चरा एबं जैविक बिबिधताको लागि महत्वपुर्ण क्षेत्र मानिन्छ | शुक्लाफाँटा वन्यजन्तु आरक्षको बेलडांडी र कालिकिच ताल (२००३), बर्दियाको बढैयाताल (२०११), बाँके जिल्लाको नेपालगंज (२०१०|२०१५), दांग जिल्ला (२०१५), जगदीशपुर रामसार क्षेत्र (२००६-२००८) र चितवन राष्ट्रिय निकुन्जको नवलपरासी र चितवन जिल्ला (२००८-२०११) मा पनि यो चराको रेकर्ड भएको छ | नेपालमा यस चराको संख्या ७०० वटा भन्दा बढी होलान भनेर अनुमान गरिएको छ | विश्वब्यापी रुपमा आइयुसीएनले यस चरालाई संवेदनशीलको सुचिमा राखेको छ भने नेपाल बर्ड रेड डाटा बुकले  पनि यसलाई संवेदनशीलको सुचिमा नै राखेको छ | नेपालको राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित पन्छीको रुपमा अनुसूची १ मा सुचिकृत गरेको छ | तर साइटिसले भने यसलाई अनुसूची २ मा सुचिकृत गरेको छ |

 थप जानकारीका लागि:- Inskipp et al. 2016.