नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

समाचार

Not Available
मिति:
कात्तिक २०, २०७९
स्थान
None

दक्षिण एसिया वन्यतजन्तु कानून कार्यान्वयन संजाल (SAWEN) को कार्यकारी समितिको वैठक सम्पन्न ।

२-३ नोभेम्बर २०२२, माले, माल्दिभ्स

दक्षिण एसिया वन्यजन्तु कानून कार्यान्वयन संजाल (SAWEN) को कार्यकारी समितिको दुई दिने वैठक मिति २०७९/७/१६ (02, November 2022) देखि माल्दिभ्स सरकारको आतिथ्यमा र इन्टरपोलको सहकार्यमा माल्दिभ्सको मालेमा सुरू भएको छ । उक्त बैठकलाई माल्दिभ्स सरकारका वातावरण, जलवायु परिवर्तन तथा प्रविधि उप-मन्त्री श्री अलि माजिद गर्नु भएको थियो भने वैठकको अध्यक्षता सावेनका प्रमुख कार्यान्वयन अधिकृत एवं राट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्‍वर ढकालले गर्नु भएको थियो | बैठकका सहभागीहरूलाई आयोजकका तर्फबाट सावेनको लागि मल्दिभ्सका Focal Person Mr. Ibrahim Naeem ले स्वागत गर्नु भएको थियो ।कार्यक्रमका प्रमुख अतिथी उप-मन्त्री माननीय अली माजिदले दक्षिण एसियामा हुने वन्यजन्तुको अवैध व्यापारलाई नियन्त्रण र न्यूनिकरण गर्न क्षेत्रीयस्तरमा समन्वय, सहकार्य, नीतिगत स्तरोन्नती र एकरूपता हुन आवश्यक रहेको उल्लेख गर्नु भयो । दक्षिण एसियामा सूचनाको आदान प्रदान तथा समन्वयको लागि SAWEN प्रभावकारी संयन्त्रको रूपमा रहेको समेत उल्लेख गर्नुभयो । कार्यक्रममा US State Department को तर्फबाट Regional Environment Science Technology and Health Office for South Asia का निर्देशक Mr. Patrick Gan ले दक्षिण एसियामा वन्यजन्तु अपराध नियन्त्रण गर्नका लागि संयुक्तराज्य अमेरिकाले आर्थिक र प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

 

दुई दिनसम्म चल्ने यस बैठकमा सदस्य राष्‍ट्रका प्रतिनिधिहरू तथा वन्यजन्तु संरक्षण तथा अपराध नियन्त्रणमा संलग्न संस्थाका ३० जना प्रतिनिधिहरूको सहभागिता रहेको छ । बैठकमा सदस्य राष्‍ट्रका तर्फबाट वन्यजन्तु संरक्षण तथा अपराध नियन्त्रणमा भएका प्रगतिका सम्बन्धमा प्रस्तुतिकरण हुनेछ । यस बैठकले क्षेत्रियस्तरमा देखिएका चुनौतिहरूको आधारमा समन्वय तथा सहकार्य गर्ने गरी SAWEN को आगामी कार्य योजना तय गर्नेछ ।

सावेनका प्रमुख एवं राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्‍वर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले माल्दिभ्सको वातावरण, जलवायु परिवर्तन तथा प्रविधि मन्त्रालयका मन्त्री माननीय श्रीमती अमिनाथ शाउनासँग भेटी सावेनको कार्यकारी वैठक आयोजना गर्नु भएकोमा विशेष धन्यवाद दिदै सावेनको विधानलाई माल्दिभ्स सरकारबाट अनुमोदन गर्नका लागि अनुरोध समेत गर्नु भएको थियो भने माननीय मन्त्री श्रीमती शाउनाले छिट्टै अनुमोदन गर्ने प्रतिवद्धता समेत जनाउनु भएको थियो |

दक्षिण एसिया लगायत विश्वभर नै बढिरहेको दुर्लभ एवं लोपोन्मुख वन्यजन्तुहरुको चोरी शिकार र अवैध व्यापार, जैविक विविधता संरक्षणका लागि एक साझा र गम्भिर चुनौतिको रुपमा खडा भएको सन्दर्भमा दुई वा सो भन्दा बढी देशहरुमा संगठित रुपमा जटिल संजाल मार्फत फैलिरहेको वन्यजन्तु अपराधलाई आपसी सहयोग र समन्वयका माध्यमबाट प्रभावकारी रुपमा नियन्त्रण र नियमन गर्न साथै राष्ट्रिय अन्तराष्ट्रिय कानून कार्यान्वयनलाई अझ सशक्त बनाउन सावेनको विधिवत् घोषणा भएको हो । सावेनमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका गरी आठ वटा सदस्य राष्ट्र छन् ।

               

माल्दिभ्सको वातावरण, जलवायु परिवर्तन तथा प्रविधि                          SAWEN General Meeting Program_Addressing by DG_DNPWC

मन्त्रालयका मन्त्री माननीय श्रीमती अमिनाथ शाउनासँग भेट