नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

CBAPU DAY Program | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८०/८१ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | Starting 3rd Asian Rhino committee meeting

समाचार

Not Available
मिति:
माघ २७, २०७९
स्थान
गोदावरी, ललितपुर

संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८०/८१ को योजना तर्जूमा गोष्ठी सम्पन्न ।

संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८०/८१ को लागि योजना तर्जुमा गोष्ठी  प्रमुख अतिथि एवं वन तथा वातावरण मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलज्यूबाट उद्घाटन भई माघ २६-२७,२०७९  सम्पन्न भएको  छ । गोष्ठीको सभापतित्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्‍वर ढकालले गर्नु भएको थियो भने कार्यक्रममा उपस्थित हुनु भएका अतिथि एवं सहभागीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक श्री अजय कार्कीले स्वागत गर्नुका साथै गोष्ठीको औचित्य माथि प्रकाश पार्नु भएको थियो । योजना तर्जूमा गोष्ठीमा अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालयका प्रतिनिधिहरु, राष्ट्रिय निकुञ्ज विभागका शाखा प्रमुखहरु, संरक्षित क्षेत्र कार्यालयका प्रमुखहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, संरक्षणका साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र संरक्षित क्षेत्र कार्यालयका कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।उद्‍घाटन कार्यक्रमको संचालन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत श्री रामचन्द्र खतिवडाले गर्नु भएको थियो । उद्घाटन शत्र पश्चात प्राविधिक शत्र संचालन गरिएको थियो । प्राविधिक शत्रमा २० वटा संरक्षित क्षेत्र कार्यालय, २ वटा प्राणी उद्यान र ३ वटा संरक्षणका साझेदार संस्थाहरुले आ‍-आफ्नो कार्यालयको प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु भई सो उपर छलफल हुनुका साथै महानिर्देशक तथा उपमहानिर्देशकज्यूहरुबाट आवश्यक निर्देशनहरु दिनु भएको थियो ।