नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

विभागको स्थापना दिवस कार्यक्रम सम्पन्न | संरक्षित क्षेत्रहरुको आ .ब. २०७९/८० को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न | Global Tiger Day- 29 July 2023

समाचार

Not Available
मिति:
कात्तिक २०, २०८०
स्थान
बबरमहल, काठमाडौं

विभागको स्थापना दिवस कार्यक्रम सम्पन्न

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको ४४ औं स्थापना दिवस कार्तिक १८ गते शनिवार भएकोले आज कार्तिक २० गतेका दिन माननिय वन तथा वातावरण मन्त्री डा. बीरेन्द्र प्रसाद महतोज्यूको प्रमुख आतिथ्यमा एक औपचारिक कार्यक्रमको आयोजना गरि मनाइएको छ । उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. दिपक कुमार खराल रहनु भएको थियो भने  वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुखहरु, पूर्व सचिवज्यूहरु, विभागका पूर्व महानिर्देशकज्यूहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रतिनिधि, संरक्षणका साझेदार संस्था राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लु डब्लु एफ नेपाल, जेड एस एल नेपाल, पंक्षी संरक्षण संघ नेपालका प्रमुख तथा प्रतिनिधिज्यूहरु अतिथिको रुपमा रहनु भएको थियो । कार्यक्रमको सभापतित्व  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धु प्रसाद ढुंगानाले गर्नु भएको थियो । कार्यक्रममा  उपस्थित अतिथि तथा कर्मचारीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक श्री बेद कुमार ढकालले स्वागत गर्नु भएको थियो भने उपमहानिर्देशक श्री अजय कार्कीले विभागको बारेमा प्रस्तुति गरि सो उपर छलफल भएको थियो । कार्यक्रमको संचालन उपसचिव (प्रा.) श्री श्याम कुमार शाहले गर्नु भएको थियो