नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

समाचार

Not Available
मिति:
माघ १४, २०७६
स्थान
None

राष्ट्रिय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिको चौथौ बैठक तथा केन्द्रियस्तरको वन्यजन्तु अपराध निय

राष्ट्रिय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिको चौथो बैठक तथा केन्द्रियस्तरको वन्यजन्तु अपराध नियन्त्रण इकाईको एघारौ बैठक संयुक्त रुपमा माननीय वन तथा भू–संरक्षण मन्त्री श्री शंकर भण्डारीज्यूको अध्यक्षतामा मिति २०७४/१/१५ गते होटल अन्नपूर्ण, काठमाण्डौमा सम्पन्न भयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक श्री मन बहादुर खड्काले बैठकमा उपस्थित सहभागीहरुलाई स्वागत गर्नु भएको थियो । विगतका बैठकमा भएका निर्णयको समिक्षा र नेपालमा हाल वन्यजन्तुको चोरी शिकारीको अवस्था, वन्यजन्तु अपराध नियन्त्रणमा आईपरेका चुनौती तथा वन्यजन्तु अपराध नियन्त्रणका लागि आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक श्री मन बहादुर खड्काको र वन्यजन्तुको आखेटोपहार व्यवस्थापनका बारेमा वन तथा भू–संरक्षण मन्त्रालयका सह सचिव डा. महेश्वर ढकालको प्रस्तुतिकरण पश्चात खुल्ला रुपमा छलफल गरी निम्न बमोजिमको निर्णय गरिएको थियो ।

निर्णयहरुः
१) राष्ट्रिय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिको मिति २०७२/९/२३ मा बसेको तेस्रो बैठकले गरेको निर्णयहरु र मिति २०७३/५/१ मा दशौं केन्द्रियस्तरको वन्यजन्तु अपराध नियन्त्रण इकाईको वैठकले गरेको निर्णयहरुको प्रगति समिक्षा गरियो । कार्यान्वयनको प्रक्रियामा रहेका वाँकी निर्णयहरुलाई यथाशिघ्र कार्यान्वयन गर्नका लागि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागलाई निर्देशन दिने ।
२) आखेटोपहार व्यवस्थापन प्रतिवेदन, २०७३ ले सिफारिस गरे अनुसार भविष्यमा अध्ययन अनुसन्धान र संग्रहालयमा प्रदर्शनका लागि राखिने आखेटोपहार बाहेक अन्य आखेटोपहारहरु राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को पाँचौं संशोधन अनुसार जलाएर नष्ट गर्नको लागि नेपाल सरकारलाई सिफारिश सहित अनुरोध गर्ने ।
३) वन्यजन्तुको चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण सम्वन्धमा पछिल्लो समयमा भए - गरेका कार्यहरु, मिति २०७३-१२-२५ गते चितवन राष्ट्रिय निकुञ्जको कार्य क्षेत्रमा चोरी शिकारबाट मृत्यु भएको गैंडाको अनुसन्धानमा भएको प्रगति प्रतिवेदन माग गर्ने ।
४) राष्ट्रिय निकुञ्ज / वन्यजन्तु आरक्ष / शिकार आरक्षहरुमा १ बर्ष भन्दा बढि कैद हुन सक्ने मुद्दाको थुनछेक, अनुसन्धान निकासा एवं म्याद थपको लागि जिल्ला अदालत समक्ष आरोपितलाई पेश गर्नुपर्ने तर अधिकांश राष्ट्रिय निकुञ्ज / वन्यजन्तु आरक्ष / शिकार आरक्ष कार्यालयहरु दुर्गम स्थानमा भएको कारणले गर्दा सुरक्षाका लागि नेपाली सेना राष्ट्रिय निकुञ्जवन्यजन्तु आरक्षशिकार आरक्ष र तिनका मध्यवर्ती क्षेत्र भन्दा बाहिर समेत परिचालित हुनुपर्ने भएकोले नेपाली सेना परिचालनको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयबाट तयार गरिएको निर्देशिकालाई यथाशिघ्र स्वीकृत गराई कार्यान्वयनमा ल्याउन निर्देशन गर्ने ।
५) विविध:
• सोलुखुम्वु जिल्ला र सुनसरी जिल्लामा जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाई गठनको माग भई आएको साथै रौतहट जिल्ला गैंडा संरक्षणको दृष्टिकोणले संवेदनशील देखिएकोले उक्त जिल्लाहरुमा जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाई गठन गर्न केन्द्रीयस्तरको वन्यजन्तु अपराध नियन्त्रण इकाईलाई निर्देशन दिने ।
• काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरुमा समेत बन्जारा समूहहरु टेण्ट, त्रिपाल लगाई बाटोको छेउछाउमा बस्ने गरेको भेटिएकोले तिनीहरुको तथ्याङ्क अद्यावधिक गर्नुका साथै तराईमा रहेका बन्जारा र उपत्यकामा रहेको बन्जारा सम्बन्ध समेतको अध्ययन गरि प्रतिवेदन पेश गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग मार्फत काठमान्डौ जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाईलाई निर्देशन दिने ।