नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत | विश्‍व सिमसार दिवस- २०२४ उद्घाटन कार्यक्रम सम्पन्न

समाचार

Not Available
मिति:
माघ १४, २०७६
स्थान
None

अर्ना स्थानान्तरण

नेपाल सरकार (सचिवस्तर) को मिति २०७१|९|२२ को निर्णय बमोजिम चितवन राष्ट्रिय निकुन्जमा ५ भाले र १५ पोथी गरी जम्मा २० वटा अर्ना स्थानान्तरण गर्ने लक्ष्य अनुरुप २०७३ माघ महिनामा १५ वटा अर्ना चितवन राष्ट्रिय निकुन्जमा स्थानान्तरण गरियो |  माननीय वन तथा भू संरक्षण मन्त्री शंकर भण्डारीले २०७३ माघ १४ गते चितवन राष्ट्रिय निकुन्जमा अर्ना स्थानान्तरण कार्यक्रमको शुभारम्भ गर्नु भयो | कोशीटप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखाना जावलाखेलबाट ३ गरी जम्मा १५ वटा अर्ना चितवन राष्ट्रिय निकुन्जमा स्थानान्तरण गरिएको हो | यसै सिलसिलामा १ वटा अर्ना प्रदर्शनीमा राख्ने प्रयोजनको लागि सदरचिडियाखाना,जावलाखेलमा ल्याईएको छ | नेपालमा कोशीटप्पु वन्यजन्तु आरक्षमा मात्र पाइने अर्नाको वंश संरक्षणमा आउन सक्ने चुनौतीलाई ध्यानमा राखी अर्ना स्थानान्तरण गरिएको हो | पछिल्लो गणना अनुसार  कोशीटप्पुमा ४३२ वटा अर्ना रहेका छन् | संरक्षणको इतिहासमा अर्ना स्थानान्तरण नेपालमा पहिलो पटक भएको हो | चितवनको प्राकृतिक वासस्थानमा अर्ना नभएकोले कोशीटप्पु वन्यजन्तु आरक्षबाट ल्याइएका अर्नाहरुलाई केहि बर्ष निगरानीमा राख्नको लागि पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर क्षेत्रफलमा चारैतर्फ तारावारले घेरी इनक्लोजर बनाइएको छ | इनक्लोजर भित्र घाँसे मैदान र पानी पोखरीको पनि ब्यबस्था गरिएको छ र यिनीहरुको नियमित अनुगमन पनि गरिएको छ | कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेका अर्नाका  बथानबाट पक्राउ गरी ल्याइएका यी अर्नाहरु नयाँ बासस्थानमा घुलमिल भई बथानमा हिड्न थाले पछी र वंश बिस्तार हुने क्रमसंगै यिनीहरुलाई चितवन राष्ट्रिय निकुन्जको प्राकृतिक वातावरणमा  स्वतन्त्र रुपमा छोडिने उद्देश्य राखिएको छ | 

अर्ना स्थानान्तरणको विवरण निम्न अनुसार छ |

 SN

Capture date

Capture Location

Estimated body Weight (KG)

Sex

Release Location

1

073.10.12

Moriadhar, KTWR

150

F

Chitwan National Park

2

073.10.13

South Duban KTWR

300

M

Chitwan National Park

3

073.10.14

Moriadhar KTWR

150

F

Chitwan National Park

4

073.10.16

Bouchi Area KTWR

150

F

Chitwan National Park

5

073.10.17

Garia Tapu KTWR

300

F

Chitwan National Park

6

073.10.18

Moriadhar KTWR

250

F

Chitwan National Park

7

073.10.19

Garia Tapu KTWR

300

F

Chitwan National Park

8

073.10.19

Garia Tapu KTWR

150

F

Chitwan National Park

9

073.10.21

South Duban KTWR

250

F

Chitwan National Park

10

073.10.21

South Duban KTWR

200

M

Chitwan National Park

11

073.10.22

KTWR

400

M

Central Zoo

12

073.10.23

Central Zoo

500

M

Chitwan National Park

13

073.10.24

Garia Tapu KTWR

400

F

Chitwan National Park

14

073.10.24

Moriadhar KTWR

150

F

Chitwan National Park

15

073.10.26

Central Zoo

400

F

Chitwan National Park

16

073.10.26

Central Zoo

300

F

Chitwan National Park

 

उपरोक्त स्थानान्तरण कार्यको आर्थिक व्यवस्थापन चितवन राष्ट्रिय निकुन्ज कार्यालय, कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय तथा संरक्षण साझेदार संस्थाहरु डब्लु डब्लु एफ नेपाल, हरियो वन कार्यक्रम र जेड एस एल नेपालबाट संयुक्त रुपमा भएको थियो  | चितवन राष्ट्रिय निकुन्जका वरिस्ठ पशु चिकित्सक डा. कमल प्रसाद गैह्रेको नेतृत्वमा चितवन राष्ट्रिय निकुन्जको कर्मचारी टोलि, कोशी टप्पु वन्यजन्तु आरक्षको कर्मचारी टोलि र नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक बिबिधता संरक्षण केन्द्र सौराहाका कर्मचारी टोलीको संलग्नतामा अर्ना स्थानान्तरण कार्य सम्पन्न भयो | यस कार्यमा संलग्न हुनु हुने र प्रत्यक्ष  परोक्ष्य रुपमा सहयोग गर्नु हुने सम्पूर्ण कर्मचारीहरु, स्थानीय जनता, संरक्षणका साझेदार संस्थाहरु, सम्वन्धित निकायहरु र सरोकारवालाहरुलाई  राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण बिभाग धन्यबाद ज्ञापन गर्दछ |