नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

समाचार

Not Available
मिति:
असार ८, २०७८
स्थान
बबरमहल, काठमाडौं

विभागको ४१ औं स्थापना दिवस सम्पन्न

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग २०३७ साल कार्तिक १८ गते स्थापना भएकोमा यस वर्ष देखि प्रत्येक बर्ष कार्तिक १८ गतेका दिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्थापना दिवस मनाउने मिति २०७७/७/१४ को विभागीय निर्णयानुसार पहिलो पटक Zoom माध्यमबाट स्थापना दिवस  मनाईयो ।

Virtual रुपमा गरिएको स्थापना दिवस कार्यक्रमको सभापतित्व वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्‍वनाथ ओलीले गर्नु भएको थियो भने उक्त कार्यक्रमको प्रमुख अतिथि वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री श्री शक्ति बहादुर बस्नेत तथा अतिथिको रुपमा संस्थापक महानिर्देशक श्री विश्‍वनाथ उप्रेती  रहनु भएको थियो साथै  संरक्षित क्षेत्र कार्यालयका प्रमुखहरु, तराई भू-परिधि कार्यक्रमका मेनेजर, राष्ट्रिय निकुञ्ज तथा आरक्ष निर्देशनालयका निर्देशक, संरक्षण साझेदारहरुमा ZSL Nepal, WWF Nepal, NTNC  समेतको सहभागिता रहेको थियो ।

स्थापना दिवसको शुरुमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको उपलव्धी, समस्या तथा चुनौतीहरुका बारेमा अनुसन्धान अधिकृत श्री वेद कुमार ढकालले प्रस्तुती गर्नु भएको थियो भने विभागको सुधार सम्वन्धी रणनीतिक योजना २०७७ को बारेमा विभागका ईकोलोजिष्ट श्री हरिभद्र आचार्यले प्रस्तुती गर्नु भएको थियो ।

स्थापना दिवसको उपलक्ष्यमा संस्थापक महानिर्देशक श्री विश्‍वनाथ उप्रेती, संरक्षण साझेदारको तर्फबाट ZSL Nepal का डा.हेमसागर बराल, WWF Nepal को तर्फबाट डा. घनश्याम गुरुङ, NTNC को तर्फबाट डा. सिद्धार्थ बज्र बज्राचार्य, राष्ट्रिय निकुञ्ज तथा आरक्ष निर्देशनालयका निर्देशक श्री सरद ढकाल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. पेम नारायण कंडेल र प्रमुख अतिथि माननीय वन तथा वातावरण मन्त्री श्री शक्ति बहादुर बस्नेतले मन्तव्य व्यक्त गर्नु भएको थियो भने मन्तव्य सहित कार्यक्रमको समापन वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्‍वनाथ ओलीले गर्नु भएको थियो ।