नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

वन्यजन्तु सप्‍ताहको उपलक्ष्यमा सम्माननीय प्रधानमन्त्रीज्यूको शुभ-कामना सन्देश | CBAPU DAY Program | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८०/८१ को योजना तर्जूमा गोष्ठी सम्पन्न ।

समाचार

Not Available
मिति:
फागुन १८, २०७७
स्थान
DNPWC, Babarmahal, Kathmandu

महानिर्देशक डा. दीपककुमार खराललाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा स्वागत

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा नियुक्ति भै आउनु भएका डा. दीपककुमार खराललाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मिति २०७७ माघ १२ गते सोमवारका दिन स्वागत कार्यक्रम गरेको छ । स्वागत कार्यक्रमको सिलसिलामा विभागका बरिष्ठ उपसचिव एवं योजना अधिकृत वेद कुमार ढकाल, ईकोलोजिष्ट हरिभद्र आचार्य, उपसचिव विमलराज आचार्य, उपसचिव (लेखा) मुक्तिनाथ रेग्मी, अनुगमन तथा मूल्यांकन अधिकृत किशोर कुमार मेहता, व्यवस्थापन अधिकृत अशोक भण्डारी, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रसाद पौड्याल, राष्ट्रिय प्राणी उद्यान भक्तपुरका निर्देशक लाल वहादुर भण्डारी, भानुभक्त प्राणी उद्यानका संरक्षण अधिकृत रुपक महर्जन लगायत विभागका कर्मचारीहरुले फुलको गुच्छा, माला तथा खादा पहिरन गरि स्वागत गर्नु भएको थियो । स्वागत कार्यक्रममा विभागका बरिष्ठ उपसचिव वेद कुमार ढकालले विभागले गर्दै आएका कार्यक्रम, भावी चुनौतीहरु, भावी चुनौतीमा महानिर्देशकले गर्नु पर्ने भूमिका र त्यस कार्यमा विभाग तथा संरक्षित क्षेत्र कार्यालयबाट हुने साथ र सहयोगका वारेमा विश्वास दिलाउनु भएको थियो भने नव नियुक्त महानिर्देशक डा. दीपक कुमार खरालले संरक्षित क्षेत्रको राष्ट्रिय अन्तराष्ट्रिय रुपमा रहेको महत्व, भावी चुनौतीहरुको बारेमा जानकार रहेको र त्यसका लागी आफु सदैव लागि पर्ने विश्वास दिलाउँदै सो को लागी विभागका शाखा प्रमुख तथा कर्मचारीहरु र  संरक्षित क्षेत्र कार्यालयका प्रमुखज्यूहरुबाट सहयोग प्राप्त हुने आशा लिएको व्यहोरा जानकारी गराउनु भएको थियो ।