नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

समाचार

Not Available
मिति:
साउन १९, २०७८
स्थान
बबरमहल, काठमाडौं

आ.ब. २०७७/७८ को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

नेपालका संरक्षित क्षेत्रहरुको आ.व. २०७७/७८ को बार्षिक प्रगति समिक्षा गोष्ठी स्वास्थका मापदण्ड अपनाई ईन्द्रेणी ब्यांकेट, बुद्धनगरमा २ दिनको कार्यक्रम गरी सम्पन्न भएको छ । गोष्ठीको उद्घाटन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दीपक कुमार खरालले  ब्यानर पढेर गर्नु भएको थियो ।गोष्ठीको उद्घाटन सत्रमा वन तथा वातावरण मन्त्रालयका योजना अधिकृत श्री सुमन सुवेदी, सवै संरक्षति क्षेत्र कार्यालयका प्रमुखहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका शाखा प्रमुख, कर्मचारीहरु र संरक्षण साझेदारको तर्फबाट राष्ट्रिय प्रकृति संरक्षण कोष प्रतिनिधि रहनु भएको थियो । गोष्ठीका सहभागिहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत श्री वेद कुमार ढकालले स्वागत गर्नु भएको थियो भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुगमन तथा मूल्यांकन अधिकृत श्री किशोर कुमार मेहताले  आ.ब. २०७७/७८ मा संचालित आयोजनाहरुको समग्रममा प्रस्तुत गर्नु भएको थियो । उदघाटन शत्र पश्चात प्रत्येक संरक्षित क्षेत्र कार्यालयहरुको बार्षिक प्रगति, आई परेका समस्याहरु र समस्या समाधानका लागि गरिएका प्रयासहरुको बारेमा प्रस्तुत गरि सो उपर छलफल गरिएको थियो । सूदुर पश्चिममा पर्ने संरक्षित क्षेत्रहरुबाट शुरु गरिएको प्रस्तुति तथा छलफलमा सवै संरक्षित क्षेत्र कार्यालय, संरक्षणका साझेदार संस्थाहरुले प्रस्तुत गरेका थिए ।  ।

दोश्रो दिनको प्रस्तुति तथा छलफल कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम नारायण कंडेलज्यूको समेत उपस्थिति रहेको थियो । बार्षिक प्रगति समिक्षा गोष्ठी समापन कार्यमा प्रमुख अतिथिको तर्फबाट मन्तव्य सहित निर्देशन दिने क्रममा सचिवज्यूले  कोभिड-१९ को महामारीको समयमा पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले संन्तोषजन प्रगति गर्न सफल भएकोमा सवै संरक्षित क्षेत्र कार्यालयका प्रमुखहरु तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई धन्यवाद  दिनुका साथै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयार गरेको सुधारका योजना कार्यान्वयनमा आफुले सहयोग गर्ने वचन व्यक्त गर्नु भएको थियो । त्यस्तै गरि समापन कार्यक्रमको सभापतित्व गर्नु भएका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दीपक कुमार खरालले यस्तो कोभिड-१९ को जोखीमका समयमा स्वास्थ्य मापदण्ड अपनाई सवै संरक्षित क्षेत्रका प्रमुखहरु उपस्थित भै आ-आफ्नो संरक्षित क्षेत्रले गरेको उपलव्धी, आई परेका समस्याहरुलाई स्पष्ट रुपमा छलफलमा ल्याउनु भएकोमा धन्यवाद दिंदै आई परेका समस्याहरु एकै पटकमा सवै समाधान नहुन सक्छन, भएन भनेर समस्या राख्न छाड्नु हुँदैन, राख्दै जानु पर्छ, समाधान हुँदै  जान्छन । प्रगति समिक्षा गोष्ठीमा सवै संग प्रत्यक्ष रुपमा व्यापक छलफल भयो । समिक्षाको लागि २ दिनको अवधी कमै भएको महसुश भयो आगामी दिनमा यसलाई ३ दिन गरेर अझ घनिभुत रुपमा छलफल गर्नु पर्ने महशुस भएको बताउदै सवैलाई पुन धन्यवाद दिंदै बार्षिक प्रगति समिक्षा गोष्ठीको समापन गर्नु भएको थियो ।