नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

समाचार

Not Available
मिति:
पुस २९, २०७८
स्थान
Dhulikhel, Kavre

आ.ब. २०७९/८० को संरक्षित क्षेत्र कार्यालयहरुको पूर्व योजना तर्जुमा गोष्ठी सम्पन्न

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र अन्तर्गत कार्यालयहरुको आ.ब. २०७९/८० को पूर्व योजना तर्जूमा गोष्ठी काभ्रेको धुलिखेल स्थित होटल सारथीमा २ दिन (पौष २५ र २६ , २०७८) संचालन भै सम्पन्न भएको छ । गोष्ठीको उद्‍घाटन शत्रको सभापतित्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.रामचन्द्र कंडेलले गर्नु भएको थियो भने प्रमुख अतिथिमा वन तथा वातावरण मन्त्रालय, योजना, अनुगमन तथा समन्वय महाशाखाका प्रमुख श्री शिव कुमार वाग्ले, अतिथिहरुको रुपमा अर्थ मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधि रहनु भएको थियो भने नेपालका संरक्षित क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत, संरक्षण अधिकृत, रेञ्जर तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका शाखा प्रमुखहरु, योजना र अनुगमन तथा मूल्यांकन शाखाका कर्मचारीहरुका साथै विभागका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

उद्‍घाटन कार्यक्रम पश्चात राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कंडेलको अध्यक्षतामा शुरु भएको प्राविधिक शत्रमा विभागको योजना शाखाका प्रमुख डिल बहादुर पुर्जा पुनले प्रस्तावित बजेट तयार गर्दा समावेश गर्नु पर्ने कुराहरुको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो (जुन विभागीय मार्गदर्शनको रुपमा संरक्षित क्षेत्र कार्यालयहरुलाई प्रस्तावित बजेट तयार गर्ने सन्दर्भमा आगाडी नै पठाईएको थियो ) तत् पश्चात शुरु भएको कार्यालयहरुको प्रस्तुतिकरणमा प्रत्येक संरक्षित क्षेत्र कार्यालयका प्रमुखहरुबाट आ-आफ्नो कार्यालयको प्रस्तुतीकरण भई सो उपर विभागका शाखा प्रमुख तथा अन्य सहभागी (संरक्षित क्षेत्र कार्यालयका प्रमुखहरु) समेतबाट छलफल भएको थियो । संरक्षणका साझेदार संस्थाहरुबाट समेत हुने कार्यक्रममा दोहोरोपन नहोस भनेर संरक्षणका साझेदार संस्थाहरुको समेत आगामी आ.ब.२०७९/८० को कार्यक्रम बारे प्रस्तुतीकरण तथा छलफल भएको थियो ।

दुई दिन संचालन भएको उक्त कार्यक्रममा प्राविधिक शत्रका सत्राध्यक्ष एवं राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.रामचन्द्र कंडेलले प्रस्तुत हुन आएका कार्यक्रमहरु कार्यालयका आवश्यकताका आधारमा प्रस्ताव गरिएको देखिएकोले देशमा बढ्दै गएको कोरोनाको प्रकोपका कारण आगामी आ.ब.मा चालु आ.ब.को भन्दा पनि कम बजेट विनियोज हुन सक्ने भएकोले चालु आ.ब.को बजेट भन्दा १० प्रतिशतमा नवढाई प्राथमिकताक्रम समेत छुट्‍याई, कार्यालयको जनशक्ती र खर्च गर्न सक्ने क्षेमता समेतलाई मध्यनजर गरी प्रस्तावित कार्यक्रमलाई पुनरावलोकन गरी विभागको योजना शाखालाई उपलव्ध गराउनु हुन निर्देशन दिनुका साथै पूर्व योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न गर्न खटिनु भएका योजना शाखाका कर्मचारी, छोटो समयमा नै उपस्थित भै सक्रिय सहभागीता जनाउनु हुने संरक्षित क्षेत्र कार्यालयका प्रमुखहरु, अर्थ मन्त्रालय,  वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका शाखा प्रमुख तथा कर्मचारीहरु र होटल सारथी समेतलाई धन्यवाद दिंदै  पूर्व योजना तर्जुमा गोष्ठी समापन गर्नु भएको थियो ।