नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

समाचार

Not Available
मिति:
फागुन ६, २०७८
स्थान
None

राष्ट्रिय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिको सातौं बैठक सम्पन्न

आज मिति २०७८ फाल्गुण ५ बिहिवारका दिन राष्ट्रिय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिका अध्यक्ष एवं वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री श्री रामसहाय प्रसाद यादव ज्यूको अध्यक्षतामा राष्ट्रिय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिको सातौं बैठक सम्पन्न भयो ।

यस भन्दा पहिले मिति २०६७/९/२५ मा पहिलो मिति २०६८/९/१७ मा दोश्रो मिति  २०७२/९/२३मा तेश्रो, मिति २०७४/१/१५मा चौथो, मिति २०७४/७/१२ मा पांचौ र मिति २०७५/३/२४ मा छैठौं बैठक भएको थियो ।

उक्त बैठकमा प्रधानसेनापति, वन तथा वातावरण मन्त्रालयका सचिव सुरक्षा निकायका प्रमुख, गृह, रक्षा, अर्थ, कानून मन्त्रालयका सह सचिव, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक, वन तथा भू–संरक्षण विभागका नि. महानिर्देशक, संरक्षण साझेदार संस्थाका प्रमुखहरुको उपस्थिति थियो । बैठकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक एवं राष्ट्रिय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिका सदस्य सचिव डा. रामचन्द्र कंडेलले वन्यजन्तु अपराध नियन्त्रण सम्वन्धी वर्तमान संरचना हालसम्म भएका उपलब्धि, समस्या र चुनौती तथा आगामी रणनीति सम्बन्धी संक्षिप्त प्रस्तुती गर्नु भएको थियो ।