नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

CBAPU DAY Program | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८०/८१ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | Starting 3rd Asian Rhino committee meeting

समाचार

Not Available
मिति:
बैशाख ७, २०७९
स्थान
बबरमहल, काठमाडौं

२७ औं वन्यजन्तु सप्ताह २०७९ बैशाख १ देखि ७

“मानव–वन्यजन्तु सहअस्तित्वः हाम्रो साझा दायित्व”

हरेक वर्ष वैशाख महिनाको पहिलो हप्तालाई नेपालमा वन्यजन्तु सप्ताहको रुपमा मनाउदै आएको छ । नेपालमा वन्यजन्तु एवं जैविक विविधता संरक्षणको महत्व र यसको दिगो उपयोगका लागि जनचेतना अभिबृद्धि गर्ने उद्देश्य सहित वन्यजन्तु सप्ताह मनाउन शुरु गरिएको हो । यसै क्रममा २७ औं वन्यजन्तु सप्ताह २०७९ “मानव–वन्यजन्तु सहअस्तित्वः हाम्रो साझा दायित्व” मूल नाराका साथ बैशाख १ गते देखि ७ गतेसम्म राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र सो अन्तरगतका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र संरक्षण क्षेत्र कार्यालयहरु तथा अन्य सम्बद्ध निकायहरुले विभिन्न कार्यक्रमहरु गरी मनाउने गरेका छन । विभागस्तरमा संरक्षण साझेदार संस्थाहरुको सहयोग र समन्वयमा विभिन्न गतिविधिहरु गरी मनाइने कार्यक्रम तय गरिएको छ । यसरी तय गरिएका कार्यक्रमहरुमा पहिलो दिन यस सप्ताह कार्यक्रमको व्यानर अनावरण, दोस्रो दिन संरक्षण सम्बन्धी अन्तरक्रिया, तेस्रो दिन राष्ट्रिय प्राणी उद्यान क्षेत्रमा सरसफाइ कार्यक्रम, चौथो दिन शिवपुरी नागार्जुन रा.नि. मा पंक्षी अवलोकन र हाइकिङ्ग, पांचौ र छैठौ दिन क्रमशःस्कुलस्तरीय चित्रकला र अभिनयात्मक कविता वाचन प्रतियोगिता र सातौं दिन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण, सम्मान र २७औं वन्यजन्तु सप्ताह कार्यक्रमको समापन हुनेछ ।