नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

CBAPU DAY Program | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८०/८१ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | Starting 3rd Asian Rhino committee meeting

समाचार

Not Available
मिति:
साउन ३०, २०७९
स्थान
काठमाडौं, नेपाल

सम्पत्ति शुद्धिकरण सम्वन्धी समझदारीपत्र (MOU) मा हस्ताक्षर सम्पन्‍न ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग बीच समझदारीपत्र (MOU) मा हस्ताक्षर सम्पन्‍न ।  

 

वन्यजन्तु अपराध गरी आर्जन गरेको सम्पत्ति कसूरमा संलग्न ब्यक्तिले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी हुन नदिन राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभाग सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग बीच मिति २०७१/१२/१० मा प्रथम पटक भएको समझदारीपत्र (MOU) भएको । उक्त समझदारीपत्र (MOU) लाई पुन: नविकरण गर्नु पर्ने सन्दर्भमा वन्यजन्तु सम्‍बन्धी कसूर जघन्य अपराधको रुपमा रहेकोले वन्यजन्तु अपराध गरी आर्जन गरेको सम्पत्ति कसूरमा संलग्न ब्यक्तिले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी गर्न सक्ने अवस्था समेत रहेकोले  तत्कालिन समझदारीपत्र (MOU) पत्रमा भएका विषयहरुका अतिरिक्त राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यपार नियन्त्रण ऐन, २०७३ अनुसारको कसुरको अनुसन्धानको क्रममा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसुर गरेको देखिन आएमा सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरीङ्ग) निवारण ऐन, २०६४ अनुसार समेत अनुसन्धान गर्न आपसमा सहयोग आदान प्रदान गर्ने । वन्यजन्तु अपराध सम्बन्धी कसुरको SAWEN मार्फत समेत सदस्य राष्ट्रहरुसंग सूचना आदान प्रदान गर्न सहयोग गर्ने गरि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र  सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग बीच समझदारीपत्र (MOU) गर्ने कार्य सम्पन्न भएको छ । उक्त समझदारीपत्रमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तर्फबाट महानिर्देशक डा. महेश्‍वर ढकाल र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको तर्फबाट महानिर्देशक श्री प्रेम प्रसाद भट्टराईले हस्ताक्षर गर्नु भएको थियो