“मानव बाघ सहअस्तित्व र समृद्धि” नाराका साथ संचालन भएको विश्व बाघ दिवस (Global Tiger Day, 29 July, 2024) माननीय वन तथा बातावरण मन्त्री श्री ऐन बहादुर शाही ठकुरीज्यूबाट बन परिसर, बबरमहलमा रहेको होर्डिङ बोर्ड उद्घाटन गरी शुरु गरिएको छ । उद्घाटन समारोहमा वन तथा वातावरण मन्त्रालयका सहसचिवज्यूहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भू-संरक्षण विभाग, बनस्पती विभाग, बातावरण विभाग, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक, उपमहानिर्देशक लगायतका कर्मचारीहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रतिनिधिज्यूका साथै संरक्षणका साझेदार राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लु डब्लु एफ नेपाल, जेड एस एल नेपालका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।