Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservation

उपसचिव(लेखा) श्री दिवाकर घिमिरेलाई बिदाई तथा सम्मान । | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८२/८३ का लागि योजना तर्जुमा गोष्ठी सम्पन्न । | ४१ औं वार्डेन सेमिनार तथा २३ औं म.क्षे.व्य.समितिका अध्यक्षहरुको भेला सम्पन्न ।

News

Not Available Date:March 23, 2025, 5:08 p.m.
Location:
None

संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८२/८३ का लागि योजना तर्जुमा गोष्ठी सम्पन्न ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र अन्तरगतका संरक्षित क्षेत्रहरुको आ.व. २०८२।८३ को लागि दुई दिने योजना तर्जुमा गोष्ठी २०८१।११।२४ देखि २५ गतेसम्म कास्कीको पोखरामा संचालन भई सम्पन्न भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कंडेलको अध्यक्षतामा संचालित  गोष्ठीमा वन तथा वातावरण मन्त्रालय प्रशासन महाशाखा प्रमुख श्री भुपाल बराल, योजना अनुगमन तथा समन्वय महाशाखा प्रमुख श्री शिव कुमार वाग्ले ज्यूको आतिथ्यता र संरक्षित क्षेत्र कार्यालयका वरिष्ठ संरक्षण अधिकृतहरु, संरक्षण अधिकृतहरु, संरक्षित क्षेत्रको सुरक्षार्थ तैनाथ नेपाली सेनाका गण एवं गुल्मका गणपति तथा गुल्मपतिहरु, संरक्षण साझेदार संस्था राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लु डब्लु एफ नेपाल, जेड एस एल नेपालका  प्रतिनिधिहरु र मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्षहरुको उपस्थिति थियो । उक्त कार्यक्रममा कार्यक्रमको उदेश्यमा प्रकाश पार्दै विभागका उप महानिर्देशक एवं योजना तथा अनुगमन महाशाखा प्रमुख श्री वेद कुमार ढकालले विभाग अन्तरगत संचालित ३ वटा व.उ.शीर्षकका कार्यक्रमहरुको चालु आ.व. को २०८१।११।२२ गतेसम्मको समष्टिगत वित्तीय प्रगति र सम्पादन भएका कार्यहरुको जानकारीसहित कार्यक्रमका सवै सहभागीहरुलाई स्वागत मन्तव्य व्यक्त गर्नु  भएको थियो । संरक्षित क्षेत्र कार्यालयहरु र २ वटा प्राणी उद्यान कार्यालय र संरक्षण साझेदार संस्थाहरुबाट आगामी आर्थिक वर्ष २०८२।८३ मा संरक्षित क्षेत्रहरु तथा मध्यवर्ती क्षेत्रहरुमामा संचालन गर्न प्रस्ताव गरिएका कार्यक्रमहरुको कार्यालयगत प्रस्तुती भएको थियो । प्रस्तुतीका सम्बन्धमा सहभागीहरुबाट जिज्ञासा, राय सुझावहरु प्रदान भएको थियो । प्रस्तुत भएका कार्यक्रमहरुमा मुख्य गरी वन्यजन्तुको वासस्थान व्यवस्थापन गर्ने, मानव वन्यजन्तु सहअस्तित्व कायम गर्ने, पर्यटकीय  र अन्य पूर्वाधारहरु निर्माण तथा मर्मत सुधार गर्ने, मध्यवर्ती क्षेत्रमा जिविकोपार्जन सुधार हुने खालका कार्यक्रमहरु प्रस्ताव गरिएका थिए । दुई दिनसम्म संचालन भएको उक्त योजना तर्जुमा गोष्ठीको सञ्चालन विभागका वरिष्ठ योजना अधिकृत श्री पुरुषोत्तम शर्माले गर्नु भएको थियो । कार्यक्रमको दोस्रो दिन विभागका महानिर्देशक डा. रामचन्द्र कंडेलज्यूबाट सबै सहभागीहरुलाई धन्यवाद सहित कार्यक्रम समापन भएको थियो ।