“प्रकृति र दिगो विकासः समृद्धिको मुल आधार” नारामा अन्तराष्ट्रिय जैविक विविधता दिवस ( International Day For Biodiversity 2025) राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा वन तथा वातावरण मन्त्रालयका सचिव श्री राजेन्द्र प्रसाद मिश्रज्यूको प्रमुख आतिथ्यमा संरक्षणकर्मीहरुवीच अन्तर सम्वाद गरी मनाईयो । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सहसचिवहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भू-संरक्षण विभाग, वनस्पती विभाग,वातावरण विभागका महानिर्देशक सहित अन्य कर्मचारीहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, संरक्षण साझेदार संस्थाका प्रतिनिधिज्यूहरुको साथै राष्ट्रिय निकुञ्ज विभागका शाखा प्रमुखहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कंडेलज्यूले गर्नु भएको थियो ।