Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservation

राष्ट्रिय निकुञ्ज विभागको ४६ औं स्थापना दिवस सम्पन्न | राष्‍ट्रिय संरक्षण दिवस असोज ७, २०८२ मनाईयो । | नयाँ पदस्थापना हुनु भएका पशु चिकित्सकहरुलाई राष्ट्रिय निकुञ्ज विभागमा स्वागत ।

News

Not Available Date:Nov. 4, 2025, 3:23 p.m.
Location:
Babarmahal, Kathmandu.

राष्ट्रिय निकुञ्ज विभागको ४६ औं स्थापना दिवस सम्पन्न

आज मिति २०८२ कार्तिक १८ गतेका दिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको ४६ औं स्थापना दिवस राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सभाहल (टाइगर हल) मा “ वर्तमान अवस्थामा संरक्षित क्षेत्रको व्यवस्थापन” विषयमा अन्तरक्रिया कार्यक्रम संचालन गरि मनाइयो ।

कार्यक्रमको सभापतित्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धि सागर पौडेलले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि वन तथा वातावरण मन्त्रालयका नि.सचिव डा. रामचन्द्र कंडेल रहनु भएको थियो भने अतिथिको रुपमा संस्थापक महानिर्देशक विश्वनाथ उप्रेती रहनु भएको थियो । अन्तरक्रिया कार्यक्रममा अतिथि कै रुपमा पूर्व महानिर्देशक / पूर्व सचिवज्यूहरु, पूर्व महानिर्देशक, पूर्व उपमहानिर्देशक, पूर्व प्रमुख संरक्षण अधिकृत, पूर्व संरक्षण अधिकृतज्यूहरुका साथै वन तथा वातावरण मन्त्रालयका सहसचिव, वन तथा भू-संरक्षण विभागका महानिर्देशक, उपमहानिर्देशक, वन अनुसन्धान तथा सर्बेक्षण केन्द्रका महानिर्देशक, उपमहानिर्देशक, वातावरण विभागका महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, संरक्षणका साझेदार संस्था राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लु डब्लु एफ नेपाल, जेड एसएल नेपाल, आयूसिएन नेपालका प्रमुख एंव प्रतिनिधिज्यूहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक, शाखा प्रमुखहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेद कुमार ढकालले स्वागत गर्नुका साथै अन्तरक्रिया कार्यक्रम गर्नुको औचित्य बारे प्रकाश पार्नु भएको थियो भने अन्तरक्रिया कार्यक्रमको संचालन अनौपचारिक ढंगबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धि सागर पौडेले गर्नु भएको थियो । औपचारिक रुपमा कार्यक्रम संचालन भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संरक्षण शिक्षा अधिकृत श्री सृजना श्रेष्ठले गर्नु भएको थियो ।