Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservation

केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको २४ औं वैठक सम्पन्न । | राष्ट्रिय निकुञ्ज विभागको ४६ औं स्थापना दिवस सम्पन्न | राष्‍ट्रिय संरक्षण दिवस असोज ७, २०८२ मनाईयो ।

News

Not Available Date:Nov. 25, 2025, 11:23 a.m.
Location:
Babarmahal, Kathmandu.

केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको २४ औं वैठक सम्पन्न ।

केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको २४ औं वैठक मिति २०८२ मंसिर ५ गतेका दिन बबरमहल स्थित बसेरा होटल, काठमाडौंमा केन्द्रीय वन्यजन्तु अपराध नियन्त्तण एकाइका संयोजक एवं राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धि सागर पौडेलको अध्यक्षतामा सम्पन्न भयो । वैठकमा केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइका सदस्य- सचिव एवं राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप-महानिर्देशक श्री वेद कुमार ढकालले वन्यजन्तु अपराध नियन्त्रण एकाइको कार्य प्रगति सम्वन्धमा प्रस्तुतिकरण गर्नु भएको थियो भने कार्यक्रमको संचालन र सहभागीहरुलाई स्वागत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन्यजन्तु अपराध नियन्त्रण शाखाका बरिष्ठ अनुसन्धान अधिकृत श्री विष्णु प्रसाद श्रेष्ठले गर्नु भएको थियो । वैठकमा विशेष गरि “ सर्वोच्च अदालतको २०८०/०२/१६ मा भएको वन्यजन्तुको आखेटोपहार व्यवस्था सम्वन्धी आदेश” का बारेमा छलफल भएको थियो ।