Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservation

विश्‍व बाघ दिवस ( Global Tiger Day, 29 July 2024) | २९ औं वन्यजन्तु सप्ताह २०८१ | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न ।

News

Not Available Date:Dec. 6, 2021, 2:31 p.m.
Location:
सौराहा, चितवन

राष्ट्रिय बाघ सर्वेक्षण, २०२१‒०२२ को उदघाटन कार्यक्रम सम्पन्न

सन् २००९ देखि प्रत्येक चार देखि पाँच बर्षको अन्तरालमा बाघ सर्वेक्षण हुँदै आएको छ । नेपालले सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा प्रतिवद्धता गरी सन् २०२२ सम्म बाघको संख्या दोब्बर (२५० वटा) पुर्‍याउने लक्ष्य लिएकोमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाईमा राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रम सुरु भएको छ । नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व एवं संरक्षण साझेदार संस्था राष्ट्रिय प्रकृति संरक्षण कोष, तथा डब्लु.डब्लु.एफ नेपालको प्राविधिक तथा व्यवस्थापकीय सहयोगमा सञ्चालन हुने राष्ट्रिय बाघ गणनाको उदघाटन मिति २०७८/०८/१९ आईतबारका दिन सौराहा स्थित जैविक विविधता संरक्षण केन्द्रको प्राङ्गणमा वन तथा वातावरण मन्त्री माननीय रामसहाय प्रसाद यादवज्यूबाट सम्पन्न भएको छ । मा. मन्त्रीज्यूले सौराहास्थित राप्ती नदीको किनारमा राखिएको क्यामेराको स्वीच सुचारु गरेर उदघाटन गर्नु भएको हो ।

 

सो उदघाटन कार्यक्रममा माननीय वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम नारायण कँडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक, वन तथा भू संरक्षण विभागका महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, नेपाली सेनाका प्रमुख, स्थानीय तहका प्रमुख एवं प्रतिनिधि, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखज्यू, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं प्रतिनिधिहरु, चितवन तथा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृतहरु, निकुञ्ज तथा आरक्षको सुरक्षार्थ तैनाथ नेपाली सेनाका गण तथा गुल्मका गणपति तथा गुल्मपतिहरु, पत्रकार, नागरीक समाज तथा स्थानीय समुदायको उपस्थिति रहेको थियो ।