Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservation

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

News

Not Available Date:Aug. 3, 2023, 6:38 a.m.
Location:
Nagarkot, Bhaktapur

संरक्षित क्षेत्रहरुको आ.ब. २०७९/८० को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र र प्राणी उद्यानहरुको आ.ब. २०७९/८० को बार्षिक प्रगति समिक्षा गोष्ठी होटल कन्ट्रि भिल्ला, नगरकोटमा श्रावण १५-१७,२०८० सम्पन्न भएको  छ । गोष्ठीको उद्‍घाटन माननीय वन तथा वातावरण मन्त्री श्री विरेन्द्र प्रसाद महतोले गर्नु भएको थियो । गोष्ठीमा संरक्षित क्षेत्र कार्यालयका प्रमुखहरु, विभागका शाखा प्रमुखहरु तथा कर्मचारीहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सहितका कर्मचारीहरु, संरक्षण साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरुको उपस्थिति रहेको थियो ।

 गोष्ठीको प्रथम दिनको अन्तमा संरक्षित क्षेत्रका प्रमुखज्यूहरुले नवनियुक्त महानिर्देशक डा. सिन्धु प्रसाद ढुंगानालाई स्वागत र निवर्तमान महानिर्देशक डा.महेश्वर ढकाललाइ भेरी भेटौला कार्यक्रम गरि  मायाको चिन्ह प्रदान गर्नु भएको थियो ।