 Date:March 18, 2024, 3:02 p.m.
                
				
				Date:March 18, 2024, 3:02 p.m.
				
				नव नियुक्त माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीज्यूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा स्वागत गरेको छ । स्वागत कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप-महानिर्देशक वेद कुमार ढकालले राष्ट्रिय निकुञ्ज स्थापनाका उदेश्य देखि हालसम्मको प्रगति अवस्था, विभागले गरेका उपलव्धीहरु, हालका चुनौती र भावी रणनीतिका बारेमा प्रस्तुत गर्दै सो सम्वन्धी विस्तृत जानकारी गराउनु भएको थियो । स्वागत कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपक कुमार खराल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धु प्रसाद ढुंगाना, विभागका शाखा प्रमुखहरु लगायत अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।





