Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservation

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

News

Not Available Date:July 29, 2021, 6:41 p.m.
Location:
None

विश्‍व बाघ दिवस (Global Tiger Day) 29 July, 2021 सम्पन्न

विश्व बाघ दिवस (श्रावण १४, २०७८ तदनुसार जुलाई २९, २०२१) नेपालका विभिन्न संरक्षित क्षेत्रहरुमा विभिन्न कृयाकलापहरु गरी मनाइयो । आजैका दिन केन्द्रिय स्तरमा तीन चरणका कार्यक्रमहरु गरिए । काठमाडौंको बबरमहल स्थित वन परिसरको मूल प्रवेशद्वारमा रहेको होर्डिङ बोर्डमा यस वर्षको बाघ दिवसको लागि तय गरिएको नारा “बाघको अस्तित्व मानवको दायित्व (Their Survival in in our hands)” सहितको ब्यानर नेपाल सरकारका मूख्य सचिव श्री शंकरदास बैरागीज्यूबाट अनावरण गरी पहिलो चरणको कार्यक्रम बिहान ८:०० बजे सम्पन्न गरियो ।

त्यसैगरी बिहान १०:०० बजेदेखि दिउँसो १२:४५ सम्म राष्ट्रिय प्रकृति संरक्षण कोष, खुमलटार, ललितपूरको अडिटरीयम हलमा सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्यूको प्रमूख आतिथ्यतामा प्रधानमन्त्री बाघ संवाद कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा नेपालले अन्तर्राष्ट्रिय जगतमा बाघ संरक्षण सम्वन्धी गरेका प्रतिवद्धताहरु हासिल गर्न भएका प्रयासहरु र उपलब्धिहरुका बारेमा छलफल गरिएको थियो ।

त्यस्तै दिउँसो ३:०० बजेदेखि साँझ ४:१५ सम्म वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम नारायण कंडेलज्यूको प्रमुख आतिथ्यतामा बाघ संरक्षण र पूर्वाधार विकास विषयक संवाद कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक र संरक्षण साझेदार संस्थाहरुका तर्फबाट डा. शान्तराज ज्ञवाली संवाद सदस्यका रुपमा रहनु भएको थियो । उक्त कार्यक्रम भावि दिनहरुमा पूर्वधार विकासका कार्यहरु गर्दा संरक्षणमूखि तवरबाट गरिने प्रतिवद्धताका साथ सम्पन्न गरियो ।