Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservation

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

News

Not Available Date:Nov. 10, 2021, 12:55 p.m.
Location:
Babarmahal, Kathmandu

विभागको ४२ औं स्थापना दिवसको औपचारिक कार्यक्रम सम्पन्न

“राष्ट्रिय निकुञ्ज विभागको४२ औं स्थापना दिवसको औपचारिक कार्यक्रम सम्पन्न”

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको ४२ औं स्थापना दिवस कार्तिक १८ गते हिन्दु धर्मालम्वीहरुको दोश्रो ठुलो महान पर्व शुभ- दिपावली परी सार्वजिनक विदा भएकाले आज २०७८ कार्तिक २३ गतेका दिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा स्थापना दिवसको औपचारिक कार्यक्रम सम्पन्न भयो । स्थापना दिवसको कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संस्थापक महानिर्देशक विश्वनाथ उप्रेती, निवर्तमान महानिर्देशकहरु डा. उदयराज शर्मा, डा. स्वयम्भुमान अमात्य, डा. कृष्णचन्द्र पौडेल, श्याम सुन्दर बजिमय, मेघ बहादुर पाण्डे, गोपाल प्रसाद उपाध्याय, फणीन्द्रराज खरेल, मन बहादुर खड्का, डा. दिपक कुमार खराल, निवर्तमान उपमहानिर्देशक शेर सिं ठगुन्ना, युवराज रेग्मी लगायत वन तथा वातवरण मन्त्रालयका सहसचिव, उपसचिवज्यूहरु राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख, संरक्षण साझेदार संस्था डब्लु डब्लु एफ नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, आई यु सि एन नेपाल, जेड एस एल नेपालका प्रमुखहरु, निवर्तमान प्रमुख संरक्षण अधिकृतहरुका साथै अन्य सरोकारवाला संस्थाहरुका प्रतिनिधी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका कर्मचारीहरुको रहनु भएको थियो ।त्यसै गरी Zoom को माध्यमबाट संरक्षित क्षेत्र कार्यालयका प्रमुख तथा सरोकारवाला संस्थाहरुको सहभागिता रहेको थियो ।   राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको हालको अवस्था, संरक्षणका चुनौती र अवसरहरुका बारेमा विभागका योजना अधिकृत (रा.प.द्वि प्रा.) श्री वेद कुमार ढकालले प्रस्तुति गर्नु भएको थियो भने  संस्थापक महानिर्देशकज्यू, निवर्तमान महानिर्देशकज्यूहरु, अन्य संस्थाबाट पाल्नु भएका प्रमुख एवं प्रतिनिधिज्यूहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संरक्षण र व्यवस्थापनका बारेमा आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रमको सभापतित्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कंडेलले गर्नु भएको थियो ।