Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservation

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

News

Not Available Date:Aug. 1, 2022, 6:32 a.m.
Location:
Hotel View Bhtrikuti, Godawori, Lalitpur

आ.ब. २०७८/७९ को वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

संरक्षित क्षेत्रहरुको आ.ब. २०७८/७९ को बार्षिक प्रगति समिक्षा गोष्ठी मिति २०७९श्रावण १४ र १५  गते होटल भ्यू भृकुटी, गोदावरी, ललितपुरमा सम्पन्न भएको छ । गोष्ठीको उद्‍घाटन प्रमुख अतिथि वन तथा वातावरण मन्त्रालयका  माननीय मन्त्री  प्रदीप यादवज्यूले गमलामा रहेको विरुवामा पानी सिंचित गरेर गर्नु भएको थियो भने गोष्ठीको उद्‍घाटन शत्रको सभापतित्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कंडेलले गर्नु भएको थियो । गोष्ठीका सहभागीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवं अनुसन्धान तथा प्रचार प्रसार महाशाखा प्रमुख श्री वेद कुमार ढकालले स्वागत गर्नु भएको थियो भने सोही विभागका  उपमहानर्देशक एवं योजना तथा अनुगमन महाशाखा प्रमुख श्री अजय कार्कीले विभाग र अन्तर्गत  कार्यालयहरुको आ.ब. २०७८/७९ को समग्र प्रगति प्रस्तुत गर्नु भएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लु डब्लु एफ नेपाल र जेड एस एल नेपालको संयुक्त आयोजनामा संचालित यस गोष्ठीको उद्‍घाट शत्रमा मध्यवर्ती क्षेत्र व्यवस्थापन सञ्जालका अध्यक्ष श्री धावा लामा र डव्लु डव्लु एफ नेपालका श्री शिवराज भट्टले गोष्ठीको सफलताको लागि शुभ-कामना मन्तव्य व्यक्त गर्नु भएको थियो । गोष्ठीको संचालन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुगमन तथा मूल्यांकन अधिकृत श्री चन्द्र शेखर चौधरीले गर्नु भएको थियो ।

उद्‍घाटन सत्र  पश्चात शुरु भएको दुई दिनको प्राविधिक शत्रहरुमा प्रत्येक संरक्षित क्षेत्र कार्यालयका प्रमुख  र संरक्षण साझेदार संस्था राष्ट्रिय प्रकृति संरक्षण कोष, डव्लु डव्लु एफ नेपाल र जेड एस एल नेपालका  प्रमुखहरु तथा प्रतिनिधिहरुबाट आ-आफ्नो संरक्षित क्षेत्रमा आ.ब. २०७८/७९ मा संचालन भएका कार्यक्रमको प्रगति, आई परेका समस्याहरु र समाधानका लागि अपनाईएका उपायहरु प्रस्तुत गरी सो उपर छलफल भएको थियो भने यस गोष्ठीमा वन्यजन्तु मैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८, Human Wildlife Conflict Issues Challenges and ways Forward,  Tiger Conservation Action Plan2022-2026, Wildlife Cirme Scene Prodedure Manual, अर्थ मन्त्रालयबाट जारी गरिएको आ.ब. २०७९/८० को खर्च गर्ने मार्गदर्शन लगायत प्रस्तावित संरक्षित क्षेत्रहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण, बेरुजु न्युणिकरणका उपाय तथा खरिद प्रकृया बारेमा प्रस्तुति र सो उपर व्यापक छलफल भएको थियो । कार्यक्रमको अन्तमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवं योजना तथा अनुगमन महाशाखा प्रमुख श्री अजय कार्कीले प्रस्तुत भएका कार्यक्रमको साराँस र भावी दिनका कार्यदिशा बारेमा प्रस्तुत गर्नु भएको थियो भने महानिर्देशक डा. रामचन्द्र कंडेलले संरक्षित क्षेत्र कार्यालयहरुले सरोकारवालाहरुसंग आवश्यक समन्वय कायम गर्दै लक्षित कार्यक्रमहरु समयमै सम्पन्न गरी यस बर्षको भन्दा सन्तोषजनक प्रगति हासिल गर्न निर्देशन दिनु हुँदै बार्षिक प्रगति समिक्षा गोष्ठीको समापन गर्नु भएको थियो ।